ख्वप विश्वविद्यालय नेमकिपाको प्रशिक्षण केन्द्रको ढाँचामा रहेको छ : सांसद थापा

ख्वप विश्वविद्यालय नेमकिपाको प्रशिक्षण केन्द्रको ढाँचामा रहेको छ : सांसद थापा

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले ख्वप विश्व विद्यालय स्थापनामा आफू सकारात्मक भएपनि नेमकिपाको प्रशिक्षण केन्द्रको ढाँचामा प्रस्तावित विश्वविद्यालय मान्य नहुने बताएका छन । यदपी उनले आफू सधै सकरात्क भएर भक्तपुरका ऐतिहासिक विद्यालयहरूको स्तरवृद्धि, हनुमन्ते नदीको डुबान समस्या समाधान र ख्वप विश्वविद्यालयको स्थापनामा नगरपालिकासँग सहकार्य गर्न तत्पर रहेको वताए ।

भक्तपुर भूगोलको हिसाबले सानो भएकोले धेरै नगरपालिकाहरूको औचित्य नरहेको र यसको सट्टा एउटा उपमहानगर बनाउनुपर्ने आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको प्रस्ताब रहेको वताए । उनले भने, ‘खास गरेर भक्तपुर नगरपालिकाका मेयर आफूले सिगो जिल्लाका विकास निर्माणका सवालहरुमा सहकार्य गरेर अघि बढ्न खोज्दा उनीहरु सम्पर्कमा नै आउन चाहेन ।’

कांग्रेस र एमालेबीचको सहकार्यले राजनीतिक स्थिरता आएको र देश तथा जनतामा आशा जागेको दाबी गर्दै संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको जानकारी गराए । सांसद थापाल कार्यक्रममा–आफू कहिलेकाही हरायो भनेर मिडिया तथा सामाजिक सञ्जालमा आउने गरेको भन्दै असहमति व्यक्त गरेका छन् ।

उनले कार्यक्रमा विकासप्रेमी भनेर उदघाटन, शिलान्यास जस्ता रिवन काटने कार्यक्रममा गएर सस्तो लोकप्रियताको लागि नलागेको जानकारी गराए । विकास निर्माणका लागि यो नेता नै चाहिन्छ, उ नेता नै चाहिन्छ भन्ने के छ, उनको प्रश्न थियो, राज्यकै पैसाबाट विकास निर्माण गर्ने हो न कि नेताको पैसाबाट ?

उदघाटन, रिवन काटन जाने नेताहरुलाई त्यसो गर्नुको साटो वरु विकाश निर्माणमा समस्या आयो भने समाधानमा खट्न उनले आग्रह गरे । पछिल्लो पटक भएको प्रतिनिधि सभाको चुनावको ताका विरोधीहरुलाई आफूलाई विकाश विरोधीको रुपमा देखाएको भन्दै उनले विकास भन्दा पनि एकजना सांसदको काम नीति नियम बनाउने रहेको कुरामा जोड दिए ।

लोकप्रिय