ट्राफिकको काम पैसा उठाउने र सरकारलाई बुझाउने होइन : सांसद खतिवडा

ट्राफिकको काम पैसा उठाउने र सरकारलाई बुझाउने होइन : सांसद खतिवडा

 

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ट्राफिक प्रहरीले सवारी दुर्घटनाको रोकथाममा भन्दा राजस्व सङ्कलनमा बढी ध्यान दिइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
सोमबार सूर्यविनायकमा नेपाल प्रेस सोसाइटीद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद खतिवडाले भन्नुभयो, “ट्राफिक प्रहरीले यात्रुहरूलाई जहाँतहीँ रोक्ने, चेक गर्ने, लुकेर बसेर चेकजाँच गर्ने जस्ता क्रियाकलापले दुर्घटनाको जोखिम बढाएको छ, यस्तो पद्धति तत्काल रोक्न आवश्यक छ ।”
सांसद खतिवडाले साना राजनीतिक पार्टीहरूले देशलाई अस्थिरतामा धकेल्ने प्रयास गरेको आरोप लगाउँदै, कांग्रेस र एमालेबीचको सहकार्यले राजनीतिक स्थिरता ल्याएको र जनतामा आशा जगाएको दाबी गर्नुभयो । साथै, उहाँले संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको पनि औंल्याउनुभयो ।

लोकप्रिय