प्रचण्डले गरे नेपालगञ्ज रंशगालाको अवलोकन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् ।
सो क्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । हिजो मात्रै सुर्खेतस्थितकर्णाली प्रादेशिक रंगशालाको अवलोकन गरेका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुराभएको बताए ।
यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दैनेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन प्रचण्डले खेलाडीहरुलाई आग्रह गरे । उनले दशौं राष्ट्रिय खेलकुदको सफलताकोशुभकामना पनि व्यक्त गरे ।
प्रतिकृया दिनुहोस्