अमेरिका भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

अमेरिका भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओल अमेरिका भ्रमणमा जाने भएका छन् । चौथो पटक गत असार ३० मा प्रधानमन्त्री नियुक्त भएका ओली त्यसको २ महिना पछि अमेरिका जान लागेका हुन् । आफ्नै सरकार ढालेर कांग्रेससँगको गठबन्धनबाट प्रधानमन्त्री ओली यही असोज ५ गते अमेरिका प्रस्थान गर्ने ओलीको सचिवालयले जनाएको छ। उनी असोज १५ गते स्वदेश फर्किने कार्यतालिका छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने ओलीको भ्रमणलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ओली राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म हुने महासभालाई सम्बोधन गर्नेछन्। त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बरमा हुने तय भएको छ ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत हुनेछन् ।

लोकप्रिय