अब सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने, कार्यालय समयमा काममा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह

अब सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने, कार्यालय समयमा काममा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । सरकारले कार्यालय समयमा कार्यालयमै बसेर शेयर कारोबार गर्न रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी काममा प्रभाव परेको भन्दै यस्तो रोक लगाइएको जानकारी दिएका छन् । उनले देशभरका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको उल्लेख गरेका छन् ।

‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ।’ यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ ।’ उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको पनि बताए । ‘सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु।’ प्रधानमन्त्री ओलीको आग्रह छ ।

लोकप्रिय