साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश

साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ६१ बर्ष पुरा गरेर ६२औँ बर्षमा प्रवेश गरेको छ । जसको अवसरमा बिहीबार लिमिटेडको केन्द्रीय कार्यालय कालिमाटिमा एक समारोहका बिच बार्षिकोत्सव सम्पन्न गरिएको छ ।

समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नुन, तेल जस्ता अति आवश्यक कुराहरुको आपूर्तीमा महत्वपूर्ण रहेको कर्पोरेशन आगामि दिनमा थप सेवाहरुलाई बिस्तार गर्दै जाने विश्वास व्यक्त गरे । कर्पोरेशन संग सरकारले धेरै अपेक्षाहरु राखेको बताउँदै मन्त्री भण्डारीले नेपाली जनताहरुका माग तथा आवश्कतालाई ध्यानमा राख्दै अघि बढ्नुपर्ने बताए । कर्पोरेशन आगामि दिनमा थप नयाँ स्पष्ट योजना, लक्ष्यमा पनि ध्यान दिनुपर्ने भन्दै भण्डारीले सरकार सधै कर्पोरेशनको साथमा रहेको बताए ।

कार्यक्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला क्षेष्ठले विभिन्न आरोह अवरोध र विषम परिस्थितिमा पनि अनवरत रुपमा आम उपभोक्ताको घरदैलोमा सेवा पुर्याउन सफल भएकोमा कर्पोरेशनका सम्पूर्ण सदस्य तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरिन् । कर्पोरेशनले ६१ औँ बर्ष सम्म निरन्तर जनताको सेवामा रहेको बताउँदै आगामि दिनमा यसलाई निरन्तरता दिने पनि बताइन् ।

यस्तै कार्यक्रममा संचालक समितिका अध्यक्ष प्रदिपलाल क्षेष्ठले संथागत सामाजिक उत्तरदायित्वको बोध गरी कर्पोरेशनले सामाजिक सेवाका क्षेत्रमा पनि काम गर्दै आएको बताए । कर्पोरेशन नेपाल सरकारको पूर्ण रुपमा नीति नियमहरुको पालना गर्दै आफ्ना थप गतिविधिहरु अघि बढाइरहेका उनको भनाई थियो ।

वार्षिककोत्सवको अवसरमा दर्जन बढिलाई पुरस्किृत गरिएको छ । जसमा यस बर्षको लक्ष्मीदास मानन्धर (१ लाख राशी) बाल हितकारी पुरस्कार मानव कल्याण समाज, पनौती काभ्रेपलाञ्चोकलाई प्रदान गरिएको छ ।

कार्यक्रममा यस बर्षको एसईईमा कर्मचारीका छोराछोरी मध्य उत्कृष्ट लाई शेरचन छात्रबृत्ति प्राप्त गरिएको छ । भने हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार विभिन्न व्याक्तित्वहरुलाई प्रदान गरिएको छ । यस्तै ४० हजार राशिको ईश्वरलाल क्षेष्ठ उत्कृष्ठट सेवा पुरस्कार, ३५ हजार राशीको हेमबहादुर मल्ल पुरस्कार विभिन्न व्याक्तित्वहरुलाई प्रदान गरिएको छ ।

डोल्पाको ठूली भेरी नगरपालिका ३ का समाजसेवी डिल बहादुर मल्लले आफ्नो स्वामित्वको ३ कट्ठा जग्गा कर्पोरेशनको भवन निर्माणको लागि निशुल्क उपलब्ध गराएको भन्दै उनलाई सम्मान समेत गरिएको छ । मुख्य रुपमा नुनको कारोबार व्यवस्थित गर्ने उद्देश्यले २०२० सालमा कर्पोरेशन स्थापना भएको थियो । जसमा संस्थागत सरकार र नीजि क्षेत्र दुवैको लगानी रहेको छ ।

लोकप्रिय