अध्ययनका लागि विदेश जाने बाध्यताको अन्त्य गर्नुपर्छ : मन्त्री थापा

अध्ययनका लागि विदेश जाने बाध्यताको अन्त्य गर्नुपर्छ : मन्त्री थापा

 

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपालबाट उच्च शिक्षा अध्ययनकै लागि विदेश जाने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । सिवर्ड इन्टरनेशनल कलेजले भक्तपुरमा आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा भौतिक संरचना, जनशक्तिको अभाव तथा कानुनी अड्चनका कारण स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी प्रदेश सरकारले विधेयक ल्याउने तयारीमा रहेको बताए।
विधेयकमा १०० बेडको अस्पताल सञ्चालन गरिरहेकाले स्टाफ नर्स तथा ३०० बेडको अस्पताल सञ्चालन गरिरहेकाले एमविविएस पढाउन पाउने गरी विधेयक बनाइएको जानकारी गराए।
नेपालमा अध्ययन गर्न नपाएकै कारण ठूलो मात्रामा रकम बाहिर जाने गरेको जानकारी गराउँदै उनले भने, ‘प्रादेशिक अस्पताले गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ । अस्पतालमा आवश्यक सामाग्री, भौतिक संरचना, औषधीको व्यवस्थापन गर्नुपर्छ । भक्तपुर अस्पतालमा विरामीको चाप बढिरहेको छ । त्यहाँ उपचार र अन्य कुराहरुमा लाईन बस्नु नपरोस् भनि अनलाईन टिकेटिङको व्यवस्था गरिसकेका छौं । भक्तपुरका अन्य सम्पूर्ण अस्पतालहरुको व्यवस्थापनको लागि स्थानीय तहका जनप्रतिनिधिसँग छलफलमा छौं । विधेयकले १०० बेडको अस्पतालले स्टाफ नर्स र ३०० बेडको अस्पतालले एमविविएस पढाउन पाउनेछन् । जसले गर्दा पढाईको लागि देश छाडेर विदेश जानुपर्ने बाध्यताको अन्त्य हुँदै जानेछ ।’
भक्तपुरलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले चुनौतीलाई अवसरको रुपमा लिनुपर्ने धारणा राखे अध्ययन तथा रोजगारीको सिलशिलामा विदेश गएका कयौं युवाहरु विदेशमा अलपत्र परिरहेको बताउँदै नेपालमा नै रोजगारी सिर्जना गर्नुपर्ने बताए। नेपाल सरकारले विभिन्न शिर्षकमा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु ल्याइरहेको बताउँदै उद्योग, कलकारखान, स्वरोजगाका कार्यक्रमहरु सञ्चालन गर्ने नीति आवश्यकता रहेको औंल्याएका छन्। बागमती प्रदेश सरकारले उद्योग तथा स्वरोजगारका कार्यक्रम अगाडी बढाउने बताए ।

लोकप्रिय