नेपाल आउँदै डली चियावाला, सोल्टी होटलमा बस्ने

नेपाल आउँदै डली चियावाला, सोल्टी होटलमा बस्ने

काठमाडौं । चिया बेचेरै नाम र दाम कमाएका भारत नागपुरका डली चियावाला उर्फ सुनिल पाटिल आज नेपाल आउँदैछन् । भद्रपुरस्थित ग्लोबलइनोभेसन पार्टनर नामको कन्सल्टेन्सीको निमन्त्रणामा उनी सोमबार भारतको बागडोगरा एयरपोर्टहुँदै साँझ ६ बजे झापा आइपुग्नेछन् । 

अर्जुनधारास्थित एक रिसोर्टमा आयोजित कार्यक्रममा उनी सहभागी हुनेछन् । भारतमा निकै लोकप्रिय मानिने डली चियावाला भोलिमंगलबार काठमाडौं आउनेछन् । काठमाडौंमा उनी पाँच तारे सोल्टी होटलमा बस्ने बताइएको छ । 

उनले कार्यक्रमहरूमा सहभागी भएको ५ लाख रुपैयाँ पारिश्रमिक र खानेबस्ने व्यवस्था पाँच तारे होटलमा गर्नुपर्ने सर्त राख्ने गरेका छन् ।डली चियावाला घुम्नका लागि पोखरा पनि जानेछन् । 

उनको चिया बनाउने ठेलामा पुगेर माइक्रोसफ्टका संस्थापक एवम् डलर अर्बपति बिल गेट्सले चिया पिएका थिए । त्यसपछि डलीचियावाला संसारभर चर्चित बन्न पुगे ।

लोकप्रिय