आजदेखि देशैभर सुरू भयो सहुलियत पसल

काठमाडौं । चामल र दालमा प्रति किलोग्राम ५ रुपैयाँ छुट चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा आएको छ ।
बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् । यस वर्ष खाद्यव्यापार कम्पनीले देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट खाद्य बिक्री गर्नेछ । काठमाडौं उपत्यकामा ४ वटा बिक्री कक्ष हुनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रति किलोग्राम ५ रुपैयाँ छुटमा उपलब्धगराइनेछ ।
आजदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालनमा रहने जनाइएको छ । साथै कम्पनीले आजदेखि नैसंस्थामा प्लस एफ फोर्टिफाइड राइसको प्लान्ट पनि उद्घाटन गरेको छ ।
प्रतिकृया दिनुहोस्