श्रीलंकामा आज राष्ट्रपतिको लागि चुनाव हुंदै
काठमाडौं । श्रीलंकामा सन् २०२२ मा भएको जनआन्दोलनपछि आज पहिलोपटक राष्ट्रपतिको चुनाव भइरहेको छ । आन्दोलनमा देशको इतिहासकैसबैभन्दा ठूलो आर्थिक संकटका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष सत्ताच्यूत भएका थिए थियो ।
यो चुनावलाई आर्थिक सुधारका कार्यक्रमहरु माथि जनमतको रूपमा हेरिएको छ, जसले देशलाई स्थायित्वतर्फ लैजानुपर्ने अपेक्षागरिएको छ । राजापाक्षको पलायनपछि सत्ता सम्हालेका हालका राष्ट्रपति रनिल विक्रमासिंघे चुनावी मैदानमा छन् । अर्थतन्त्र स्थिरबनाएको श्रेय पाएका विक्रामासिंघेमाथि आन्दोलन दबाउन कठोर कदम चालेको र राजापाक्ष परिवारलाई संरक्षण दिएको आरोप छ ।
उनँको प्रमुख प्रतिस्पर्धीमा वामपन्थी नेता अनुरा कुमारा दासानायके र विपक्षी नेता सजीथ प्रेमदासा छन् । अपदस्थ राष्ट्रपतिराजापाक्षका भतिज नमल राजापाक्ष पनि प्रमुख उम्मेदवार छन् । अहिले श्रीलंकामा केही आर्थिक सुधार देखिएको छ तर धेरैश्रीलंकाली अझै पनि महँगी, बेरोजगारी र अत्यावश्यक सामग्री अभावसँग जुधिरहेका छन् । मतगणना साँझ नै शुरु हुने र नतिजाआइतबार बिहानसम्म नतिजा आइसक्ने अपेक्षा गरिएको छ । एजेन्सी


प्रतिकृया दिनुहोस्