दशैँ टीकाको साइत ११:३६ बजे

दशैँ टीकाको साइत ११:३६ बजे

काठमाडौँ । यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारीगराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो । 

समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्राविहान ७:११ बजे तथा स्थिरासन ८:४३ बजे तोकिएको छ । 

असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ । यस्तै २६ गते विहान ११:३६ बजे टीकाको साइत तोकिएको छ । 

लोकप्रिय