देशभर बाढि पहिरोको कहरः जारी रहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
‘भारी वर्षाका कारण अहिले भइरहेको परीक्षा थोरै समयका लागि भएपनि स्थगित गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले भने ।
बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरुद्ध सडक खुलाउने, राहत र उद्दारका सम्पूर्ण ध्यान केन्द्रीत गर्ने, घाइतेको निशुल्क उपचार गर्ने र अलपत्र यात्रुको तत्काल उद्दार गर्ने लगायतका निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस्