दसैँको समयमा बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान
काठमाडौँ । बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४: ३० बजेदेखि खुला हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने छ ।
यो नियम अनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन् ।
अरु दिनमा आन्तरिक उडान राति १० बजेसम्म भइसक्थे । तर, बाढीपहिरोपछि आइतबार यता आन्तरिक उडान राति २ बजेसम्म भइरहेका छन् । काठमाडौं विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार, मंगलबार काठमाडौंबाट दुईतर्फी ३ सय ३५ वटा उडान भएका थिए । यी उडानबाट १८ हजार १ सय ३७ यात्रुले ओहोदोहोर गरेका थिए ।


प्रतिकृया दिनुहोस्