पुण्य गौतममाथि कुटपिट, आइसियूमा उपचार जारी

काठमाडौं । देशैभर चर्चामा रहेका पुण्य गौतममाथि निर्घात कुटपिट भएको छ । सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा गौतममाथि कुटपिट भएको हो ।
गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।
गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको छ। उनको टाउकोमा चोट लागेको छ । प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिररहेको छ भने संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।
गौतमकी श्रीमती अपेक्षा अधिकारीले पुन्यलाई आइसियूमा राखेर उपचार गराइएको जानकारी दिएकी छन् । कसले के कारणले गौतममाथि आक्रमण गरेको हो खुलिसकेको छैन ।
प्रतिकृया दिनुहोस्