यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

काठमाडौं रामेछापको खाँडादेवी गाँउपालिका भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने १२जना घाइते भएको प्रहरीले जनाएको  

काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१००५ ९५७९ नम्बरको बस ब्रेक फेल हुँदादुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको  

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयरामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिए दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फलैजादै गर्दा बाटोमै मृत्यु भएको हो  

दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए  कूल ३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको

लोकप्रिय