विपद्पछि नागरिकको जीवनस्तर सहज बनाउन तिर लाग्न मुख्यसचिव अर्यालको आग्रह

विपद्पछि नागरिकको जीवनस्तर सहज बनाउन तिर लाग्न मुख्यसचिव अर्यालको आग्रह

काठमाडौँ । नेपाल सरकारका प्रमुख सचिव एकनारायण अर्यालले देशको भएको विपद्पछिको नागरिकको जीवनस्तरलाई सहज बनाउनको लागि लाग्न सम्पूर्ण क्षेत्रलाई आग्रह गरेका छन् । वडादशैँको मुखमा आएको यस्तो विपत्तिले नेपालीहरुमा चाडपर्वको समयमा ठूलो पीडा भएको भन्दै भन्दै आर्यालले यस्तो अवस्थामा नागरिकको जीवनस्तर सहज बनाउन तर्फ लाग्न आग्रह गरेका हुन् ।
बुधबार तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौँले आयोजना गरेको सुशासन प्रवद्र्धनमा नीति निर्माण तहका पदाधिकारीहरुको भूमिका विषयक छलफल तथा दशैँको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आर्यालले सरकारको सम्पूर्ण ध्यान नागरिकको जिवनस्तर सहज बनाउन तर्फ गएको बताएका हुन् ।

अनपेक्षित रुपमा आएको विपत्तिका कारण अघिल्ला बर्षहरुको तुलनामा ठूलो जनधनको क्षति भएको भन्दै उनले सरकारले त्यस बिषयमा अध्ययन समेत गरिरहेको बताए । ‘पछिल्लो एक दर्शक यताकै उच्च बर्षा मापन भएको छ,’ उनले भने, ‘यसले हामीलाई धेरै कुरा सिकाएको पनि छ । अब बन्ने भौतिक संरचना बन्नु अघि गहिरिएर अध्ययन गरेर मात्रै निर्माण गर्न हामीले पत्राचार गरीसकेका छौँ ।

विपद्का कारण यस अघिका बर्षहरुको तुलनामा यो बर्षको दशैँनै फरक अनुभूति भएको छ ।’ अर्यालले विपत्तिको फाइदा उठाउँदै मनलाग्दी भाडा दर नतोक्न पनि यातायात तथा सम्पूर्ण एयरलाईन्सलाई आग्रह गरेका छन् । अहिले काठमाडौँ तथा देशका अन्य शहरबाट गाउँघर जाने यात्रुहरुको लागि जतिसक्दो सहज वातावरण निर्माण गरीरहेको भन्दै आर्यालले विपद्मा दिनरात घटिने सम्पूर्णलाई थप हैसला प्रदान गर्नहुन अनुरोध गरेका छन् ।

यस्तै कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले विपद्का कारण धेरै जसो राजमार्गहरुमा ठूलो क्षति भएको भन्दै निर्माणको कामले तिव्रता पाइरहेको बताएका छन् । उच्च बर्षाका कारण धेरै ठाउँमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले बिपी राजमार्ग दशै लगतै खुल्ने तथा अन्य राजमार्गहरु खुलिरहेको तथा स्तर उन्ननीको काम गर्दै संचालन गरीरहेको बताए ।

यस्तै कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा क्षेष्ठ अमात्यले सधै सत्यको पति लाग्न सबैलाई आग्रह गरेकी छन् । देशमा शुसासन तथा भ्रष्टाचार न्यूनिकरणको लागि सबैलाई सहिलाई सहि भन्दै नीति नियम संगत रुपमा जानुपर्नेमा जोड दिएका थिइन् ।

कार्यक्रममा अन्य सहभागिहरुलाई पनि जन अपेक्षा अनुसार काम गर्न आ–आफ्नो ठाउँबाट जोड दिन आग्रह गरेका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द्र चौलागाईँको अध्यक्षतामा भएको कार्यक्रममा वाणिज्य विभागका महानिर्देशक राजन पौडेल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य लगायत विभिन्न क्षेत्रका व्याक्तित्वहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय