एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग

एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग

काठमाडौं । बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्ग १४ दिन पछि एकतर्फी रुपमा खुलेको छ । सडक विभाग र स्थानीय पालिकाले रातिसमेत काम गरेर १४ दिनदेखि अवरुद्ध बीपी राजमार्ग संचालनमा आएको हो । बीपी राजमार्ग अन्तर्गत रोशी–९ मंगलटारकोबोक्सीकुनामा डाइभर्सन बनाएसँगै  बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । 

यही असोज ११ र १२ गते आएको बाढीपहिरोले राजमार्गको चौकीडाडा देखि नेपालथोकसम्म सडक अवरुद्ध थियो । सडक विभाग रस्थानीय पालिकाहरुको अग्रसरतामा शुक्रबार बिहान ८ बजेबाट राजमार्ग खुलेको हो । रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामाकाअनुसार कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको जानकारी दिए ।

धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ । काठमाडौं र पूर्वी नेपालजोड्ने बीपी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ गर्थे । सडक खुलेपछि  राजमार्ग प्रयोग गरेर यात्रा गर्ने यात्रु तथा दशैंमा टीकालगाउन जान सजिलो हुने र दशैंमा साना गाडी लिएर घर गएकाहरुलाई बीपी राजमार्ग हुँदै काठमाडौं आउजाउ गर्न सजिलो हुनेछ ।

लोकप्रिय