बिपी राजमार्ग पूर्ण रुपमा खुला, चौबिसै घण्टा सवारी साधन चलाउन अनुमति
काठमाडौं । बिपी राजमार्गको धुलिखेलदेखि भकुन्डेबेसीसम्म आजदेखि चौबिसै घण्टा सवारी साधन चलाउन पाइने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै आजदेखि चौबिसै घण्टा धुलिखेल, भकुण्डेबेसी सडकखण्डमा सवारी साधन चलाउन पाइने बताएको हो ।
असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोका कारण बिपी राजमार्गमा अवरोध आएकाले असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन बन्द गरिएको थियो ।
आजदेखि सोही अवधिमा पनि सवारी साधन चलाउन पाउने सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इन्जिनियर सुमनराज बस्नेतले जानकारी दिए ।
ुबिपी राजमार्गमा सबै अवरोध हटेका छैनन्, त्यसैले अहिले भकुन्डेबेसीसम्म खुलेका हौं, विस्तारै बढाउँदै लैजान्छौं,ु उनले भने । बिपी राजमार्गमा सुख्खा पहिरोले अवरोधहरू अझै पूर्ण रूपमा नहटेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्