ग्लोबल आइएमई बैंक र आइसिआइसीआई बैंक क्यानाडाबीच सहकार्य पत्रमा हस्ताक्षर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाकाव्यवसाय प्रमुख हिमादर मडीपत्लाले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागि क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाइँ सरी जाने आप्रवासी, तथाफेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभित्र बैकिङ्ग सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमारेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखाकार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधिकार्यालयसमेत गरी १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
आईसीआईसीआई बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेकोसहायक कम्पनी हो । यसले क्यानाडा बैकिङ ऐनअन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारेबारगर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्