अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु

अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा फिदिम–६ का २६ वर्षीय शुभराज तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ । बिहिबार दिउँसो घर नजिकै जंगलमा उनलाईअरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याउने तयारी गर्दै गर्दा घरमै ज्यानगएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

लोकप्रिय