१७ जना सिडिओको सरूवा
काठमाडौं । गृह मन्त्रालयले २७ जना कर्मचारीहरूको पदस्थापन तथा सरूवा गर्ने निर्णय गरेको छ । गृहले बुधबार र बिहीबार २७ जना कर्मचारीको पदस्थापन तथा सरूवा गर्ने निर्णय गरेको हो । उक्त निर्णयको सूची शुक्रबार मन्त्रालयको वेबसाइटमा राखिएको छ । गृहले १९ वटा जिल्ला प्रशासन कार्यालय र एउटा इलाका प्रशासन कार्यालय प्रमुख हेरफेर गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरका प्रमुख पनि फेरिएका छन् । ललितपुरमा रमेश ढकाल आएका छन् भने ललितपुरका सिडिओ रहेका तुलसीबहादुर श्रेष्ठको गृहमा सरूवा भएको छ । त्यस्तै भक्तपुरमा रहेक रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भएका छन् । उनी यसअघि डोटीमा थिए । त्यसैगरी गृहमा रहेका बासुदेव घिमिरे रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भएका छन् । रूपन्देहीमा रहेका गणेश अयाललाई पर्सा पठाइएको छ ।


प्रतिकृया दिनुहोस्