रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको कार्यदिशा र आन्दोलनको स्वरूप छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको नियमित गतिविधि ठप्प भएको थियो । कात्तिक २ गते लामिछाने पक्राउ परेदेखि सत्तापक्षले प्रतिशोध साँधेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।
आज पनि काठमाडौंको कीर्तिपुर र चितवनको लायन्स चोकमा प्रदर्शन गरिने रास्वपाले जनाएको छ । यसैबीच, बिहान ११ बजे रास्वपाले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान दिएको स्थान कीर्तिपुर नगरपालिका २ मैत्री नगरमा गएर मौन धारण गर्ने भएको छ । दुई तिहाइको दम्भकारी सरकारविरुद्ध आन्दोलन जारी रहेको जनाउँदै रास्वपाले सरकारको नैतिकतामा प्रश्न उठाउँदै मौन धारण गर्न लागेको जनाएको हो ।


प्रतिकृया दिनुहोस्