भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिकालेनै आनाकानी गरेको मन्त्री थापाको आरोप

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिको आनाकानी गरिरहेकोबताएका छन् ।
आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “स्वास्थ्य र फोहोर व्यवस्थापन विषयक” अन्तरक्रिया कार्यक्रममाबोल्दै उनले भने, “ म आफैं २ पटक भक्तपुर नगरपालिकाको प्रमुख सँग भेट गरेर जग्गा मिलाइदिन आग्रह गर्दा उहाँहरु आनाकानीगर्नुहुन्छ।” उनले भक्तपुर अस्पतालमा बाँकी थप जग्गामा सिटिस्क्यान राखेर सुविधासम्पन्न बनाउनमा भक्तपुर नगरपालिका नै बाधकभएको बताए । उनले यस किसिमको रवैयाले भक्तपुर नगरपालिका विकासमा ५० वर्ष पछि धकेलिने चेतावनी समेत दिएका छन् ।
उनले आफू स्वास्थ्य मन्त्री भएपछि सम्पूर्ण प्रादेशिक अस्पताललाई सुधार गर्न लागिरहेको बताए । उनले आफूले मन्त्रालय सम्हालेपछि थप जनशक्तिको व्यवस्थापन गरेर अस्पतालहरूमा कर्मचारी व्यवस्थापन गरेको बताए । उनले भक्तपुर अस्पताल यसपटक पनि पहिलोनम्बरमा परेको स्मरण गर्दै अस्पताललाई सिटिस्क्यान मेसिन खरिद गर्न ८ करोड रुपैयाँ बजेट भएपनि नगरपालिकाले जग्गानमिलाइदिएर राजनीति गरेको बताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका कार्यालय प्रमुख शान्तिराम खतिवडाले अहिले उपत्यका सहित देशभरमा डेङ्गुकोप्रकोप फैलिएको हुनाले सचेत रहन आग्रह गर्दै उनले भने, “डेङ्गु एक गम्भीर प्रकृतिको रोग हो, यसले ज्यानै समेत जानसक्छ । डेङ्गुएक पटक लागिसकेको मानिसलाई पछि फेरी लग्यो भने त्यो व्यक्ति जीवन र मृत्युको दोसाँधमा पुग्छ। ” डेङ्गुखतरनाक रोग भएकोलेउनले आफू बस्ने र आफ्ना वरपरका वातावरण सफा राख्न आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेप्सेम्याकका प्रबन्ध निर्देशक बाबुराम चौलागाइँले आफ्नो संस्था वातावरण स्वच्छता कायम गर्नसक्रियताको साथ लागेको बताए । उनले फोहोर व्यवस्थापन गर्ने आफ्नो सवारी ग्रामीण क्षेत्रमा हप्तामा १ र सहरी क्षेत्रमा हप्तामा २ पटक जाने गरेको बताए ।
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता केदार अधिकारीले विषय उठान गरेका थिए ।
प्रतिकृया दिनुहोस्