हङकङ सिक्सेसः ३ पटकको च्याम्पियन इंग्ल्याण्डमाथि नेपालको सनसनी पूर्ण जित
काठमाडौं । हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि नेपालले प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो ।
नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएकोमा नेपालले त्यसलाई बिना विकेटको क्षति हात पारेको थियो । नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो र सनसनीपूर्ण ब्याटिङको नमुना पेस ग¥यो । नेपालको जितमा सन्दीप जोराले १७ बलमा ७१ रन बनाए ।
उनको ब्याटबाट पाँच चौका र आठ छक्का निस्केको थियो । यस्तै कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए । उनले एक चौका र दुई छक्का प्रहार गरे । नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । यसक्रममा इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
नेपाली बलरमध्ये विवेक यादव र प्रतिश जीसीले दुई–दुई विकेट हात पारे । यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक एक विकेट रह्यो । रसिद खान मात्र विकेट लिन नसक्ने बलर रहे । नेपाल
प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले अब शनिबार अस्ट्रेलिया संग खेल्नेछ ।
प्रतिकृया दिनुहोस्