स्पेनमा बाढीले वितण्डाः मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो

स्पेनमा बाढीले वितण्डाः मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो

काठमाडौं बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको सरकारले बाँच्नेहरूकोखोजीका लागि थप सैनिक परिचालन गरेको

मङ्गलबारदेखि आएको बाढीले सवारी साधन बगाउने, पुल भत्काउने शहरहरूलाई फोहरमा डुबाउँदा स्पेनमा दशकौँदेखि सबैभन्दा ठूलोविनाशकारी क्षति पुर्‍याएको

सबैभन्दा धेरै प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपतकालीन सेवा समन्वय गर्ने संस्थाले त्यस क्षेत्रमा मात्र दुई सय दुई जनाको मृत्युपुष्टि गरेको छिमेकी काष्टिलाला मान्चा अन्दालुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेकाछन्

ड्रोन कुकुरहरू सहित उद्धारकर्ताहरू पानीमा हिँडँदै भग्नावशेषमा मलबामा खोजी गर्दै छन् सरकारी अधिकारीहरूका अनुसार अझैधेरै व्यक्तिहरू बेपत्ता छन्

सरकारले पहिले नै एक हजार दुई सय सैनिक परिचालन गरिसकेको अवस्थामा अर्को पाँच सय सैनिक थप गर्न लागेको

बाढी सुरु भएको तीन दिनसम्म केही क्षेत्रहरू खानेपानी, खाद्यान्न बिजुलीबाट वञ्चित छन् धेरै सडक रेल मार्गहरू अझै पनि अवरुद्धहुँदा मृत्यु सङ्ख्या बढ्ने डर

चिभा शहरकी मेयर अम्पारो फोर्टले सार्वजनिक रेडियोलाई भने, ‘औद्योगिक क्षेत्रमा अझै पनि गाडीहरूको थुप्रो धेरै गाडी खालीहोलान् तर केहीमा मानिसहरू छन् भन्नेमा हामी निश्चित छौँ राष्ट्रिय मौसम सेवा एइमेटका अनुसार भ्यालेन्सिया शहर पश्चिमतर्फकोचिभा शहरमा मङ्गलबार मात्र आठ घण्टामा चार सय ९१ मिमी वर्षा भएको छ। यो करिब एक वर्षको वर्षासँग बराबर हुन्छ

लोकप्रिय