हङकङ सिक्सेस्ः क्वाटरफाइनलमा श्रीलंकासँग नेपाल पराजित
काठमाडौं । हङकङ सिक्सेसको क्वाटरफाइनल खेलमा नेपाल पराजित भएको छ । शनिबार दिउँसो शनिबार हङकङको मङ कुकस्थित मिसन ग्राउन्ड स्टेडियममा भएको तेस्रो क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५ ओभरमा अल आउट हुँदै ८३ रन बनायो ।
ओपनर लोकेश बम तेस्रो बलमा र कप्तान सन्दीप जोरा आफ्नो पहिलो बलमै आउट भएपछि रसिद खानले खेललाई नेपालको पक्षमा ल्याउने प्रयत्न गरेका थिए । चौथो ओभरको अन्तिम चार बलमा उनले लगातार छक्का प्रहार गरे। रसिदले १८ बलमा १ चौका र ८ छक्का प्रहार गर्दै ५५ रन जोडे । विवेक यादव ५ रन बनाएर आउट हुँदा नारायण जोशीले १३ रन जोडे। प्रतिश जिसी शून्यमै आउट भए ।
बलिङतर्फ लिहुरू समरकुन र थरिन्डु रत्नायकले दुईरदुई तथा धनन्जय लक्षण र लिहुरू मधुसंकाले एकरएक विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनाएको थियो । ओपनर सन्दुन विराकोडीले ५० रन बनाए । कप्तान लिहुरू मधुशंकाले ३१, लिहुरू समराकुनले २२ तथा थानुका दबारेले १८ रन जोडे । बलिङतर्फ प्रतिश जिसी र नारायण जोशीले एकरएक विकेट लिए ।
प्रतिकृया दिनुहोस्