रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले तेस्रो पटक म्याद थप गर्दै रविलाई १० दिन थुनामा राख्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अदालतसँग अनुमति मागेको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएको थियो । अदालतले पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।
म्याद कात्तिक १४ गते सकिए पनि तिहार बिदा भएकाले आज म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

लोकप्रिय