सवारी चालक तथा कार्यालय सहयोगीका लागि क्षमता अभिवृद्धि कार्यक्रम
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले सवारी चालक तथा कार्यालय सहयोगीहरुका लागि जिम्मेवार बोध एवम् क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ दुई दिने कार्यशाला गोष्ठी सञ्चालनमा ल्याएको छ ।
“गुणस्तरीय सेवा, हाम्रो प्रतिबद्धता’’ भन्ने मूल नाराका साथ गाउँपालिकाको आयोजनामा आज (मंगलबार) देखि कार्यक्रम सुरु गरिएको छ । भने कार्यक्रम बुधबार सम्म चल्ने गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी (प्रमुख अतिथि), प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेल लगायत अन्य विभिन्न शाखा कार्यालय तथा विभिन्न क्षेत्रका व्याक्तिहरुको सहभागिता रहेको थियो ।
यस्तै गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य संस्था, विद्यालय तथा अन्य कार्यालयका कार्यालय सहयोगी र यी संस्थामा आबद्द सवारी चालक हरुको सहभागिता रहेको थियो ।
दुई दिने कार्यक्रममा गण्डकी प्रदेश, प्रदेश प्रशिक्षण प्रतिष्ठानका तालिम पाठ्यक्रम विकास विज्ञ दिल प्रसाद मगरले प्रशिक्षण तथा सहजीकरण गर्ने गाउँपालिकाले जानकारी दिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुवेदीले गाउँपालिकालाई अभिभावक मानेर आफ्ना समस्याहरु राख्न तथा कार्यसम्पादन थप प्रभावकारी बनाउनको लागि लाग्न आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्