स्वर्गीय चेतन कार्कीको जन्मदिनको अवसरमा साहित्य पत्रिका फेदीखोलाको विमोचन

स्वर्गीय चेतन कार्कीको जन्मदिनको अवसरमा साहित्य पत्रिका फेदीखोलाको विमोचन

स्याङ्जा । बहु प्रतिभाशाली व्यक्तित्व एवं स्वर्गीय चेतन कार्कीको ८६ औं जन्म जयन्तीको अवसरमा त्रैमासिक पत्रिका फेदीखोला विमोचन गरिएको छ । जन्मदिनको अवसरमा, फेदीखोला साहित्य प्रतिष्ठानको आयोजनामा, फेदीखोला साहित्य प्रतिष्ठान द्वारा प्रकाशित फेदीखोला साहित्य पत्रिका (त्रैमासिक) पहिलो अंकको लोकार्पण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष हिमालयजंग बानियाँको अध्यक्षता तथा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देऊ कुमारी गुरुङ लगायतका अन्य साहित्य प्रेमी हरुको उपस्थिति रहेको थियो ।

साहित्यकार चिन्तु गिरीले पुस्तकको समालोचना गरेका थिए । यस्तै कार्यक्रममा साहित्यकार चिन्तु गिरी, कवि सुरज उपाध्याय, कवि हुमनाथ शर्मा, कवि लाल कार्कीले (अन्जान ), कवि कमला बराल, कवि सीता सुवेदी, कवि रोशन रेग्मी, थम नारायण शर्मा, बहादुर सिं गुरुङ, हिमालय जंग बानियाँ र काजी कार्की ( आशिष )ले आफ्नो कविता ,लेख रचना वाचन गरेका थिए ।

अग्रज साहित्यकार व्याक्तित्व कार्कीको सृजनाहरु थुप्रै कृर्तिहरु अहिले पनि उत्तिनै लोकप्रिय छन् । फेदीखोला गाउँपालिकाको स्थानिय पाठ्यक्रममा कक्षा ६ मा कार्कीको जीवनी समेत राखेर पठन पाठन भइरहेको छ ।

 

लोकप्रिय