सहकारी ठगि प्रकरणः चौथोपटक म्याद थपका लागि रविलाई अदालत लगिँदै
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आइतबारअदालत लगिँदै छ ।
तेस्रोपटक थपिएको म्याद शनिबार सकिएसँगै आइतबार अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचनाअधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । यसअघि शुरुमा ६, त्यसपछि ७ र तेस्रोपटक १० दिन म्याद थपिएको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।आइतबार म्याद थप भएमा उनलाई रूपन्देही लैजाने तयारी छ । रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकमअपचलनबारे उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ ।


प्रतिकृया दिनुहोस्