गण्डकी प्रदेश सांसद गौचनको निधन
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले जानकारी दिएका छन् ।
उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन् । उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिकृया दिनुहोस्