पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङ । पाथीभराधाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज विहानैदेखिहलुका हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
हिमपातसँगै मौसम अझै चिसो बनेको छ । हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने रआगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।
पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यस क्षेत्रमा बर्सेनि आन्तरिकपर्यटकको आगमन बढ्ने गरेको छ ।
३ हजार ७९४ मिटरको उचाइमा पर्ने सो मन्दिर क्षेत्रमा हिमपातका कारण यातायातमा समस्या नआए पनि चिसोबाट जोगिन तीर्थयात्रीलेसतर्कता अपनाउनुपर्ने पाथीभरा क्षेत्र विकास समितिले सुझाव दिएको छ ।
हिमपात भएपछि जिल्लामा चिसो निकै बढेको छ । सदरमुकाम फुङ्लिङसहित जिल्लाभरि नै तुलनात्मक रुपमा चिसो बढेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय धरानको ताप्लेजुङ फिल्ड कार्यालयले बिहीवार विहान यहाँको न्यूनतम तापक्रम १० दशमलव २ डिग्रीसेल्सियस मापन भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्