रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काठमाडौंको शंखरापुर–९, इन्द्रायणीस्थित माता इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ।
सहकारी संस्थाले बाढीपीडितको ऋण तथा राहत सहयोगका लागि रु. १ लाख ११ हजार १ सय ११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहकारीले ग्लोबल आइएमई बैंकमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ।
सहकारीका अनुसार २०८३ साल भदौ १५ गते रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रकम प्रदान गरिएको हो। बैंकको भुक्तानी रसिदअनुसार २०२६ अगस्ट ३१ गते रकम हस्तान्तरण भएको र कारोबार सफल भएको देखिन्छ। भुक्तानीको विवरणमा ‘Rasuwafloodhelp’ उल्लेख गरिएको छ।
सहकारीले विपद्का कारण प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
माता इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यसअघि पनि विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सहभागिता जनाउँदै आएको छ।


लेखकको सम्वन्धमा