शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग

शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग

शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग

काठमाडौं-शंखरापुर नगरपालिका–९, सानगाउँका वडाध्यक्ष सहदेव श्रेष्ठले रसुवा बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्।

वडाध्यक्ष श्रेष्ठले उक्त रकम बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको जानकारी दिएका छन्। उनले प्राकृतिक विपद्का बेला सबैले आ–आफ्नो ठाउँबाट मानवीय सहयोग गर्नुपर्ने भन्दै पीडितको राहत र पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन्।

गत भदौमा रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले तिमुरे, स्याफ्रुबेँसी लगायतका बस्ती, बजार, पुल, भन्सार क्षेत्र तथा जलविद्युत् आयोजनामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

बाढीपीडितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि हाल विभिन्न व्यक्ति, संघसंस्था, स्थानीय तह र जनप्रतिनिधिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ।

लोकप्रिय