बालेन एमालेविरुद्ध परिचालित भए – महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह एमालेविरुद्ध परिचालित भएको आरोपलगाएका छन् ।
दरबारमार्गमा शुक्रबार जागरणसभाका क्रममा फोहोर गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँजरिवाना गरेपछि पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक संजालमा लेख्दै महासचिव पोखरेलले आफ्ना स्वयंसेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै गर्दा मेयरकोनिर्देशनमा जरिवानाको पर्चा सार्वजनिक गरेर स्टण्टबाजी गरिएको टिप्पणी गरेका छन् । ‘मेयरको ध्यान सरसफाइमा होइन जरिवानाकोस्टण्टवाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’, पोखरेलले लखेका छन्, ‘नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रमपछिकार्यक्रमस्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई ।’
प्रतिकृया दिनुहोस्