रास्वपा सभापति लामिछानेलाई मंगलवार काठमाडौँ ल्याउने तयारी

रास्वपा सभापति लामिछानेलाई मंगलवार काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि मंगलवार काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँमा बयानका लागि ल्याउन लागिएको हो ।

कामठाडौँ कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनासम्बन्धी परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । सोही विषयमा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

लामिछानेका एकजना सहयोगीले भोलि बिहान ८ बजेको उडानबाट काठमाडौँ ल्याउन लागिएको बताएका छन् । यसअघि उनलाई रुपन्देशी लगेर बयान लिइएको थियो । अब काठमाडौँमा बयान सकिएपछि चितवनबाट पनि पक्राउ पुर्जी जारी भएकाले त्यहाँ लगेर पनि बयान लिइने बताइएको छ ।

लोकप्रिय