सरसफाइ अभियन्ता महर्जनलाई कीर्तिपुरमा भोट माग्दै हर्क साम्पाङ
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुर नगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थनगरेका छन् । सोमबार काठमाडौं आएर साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलो समेत गरेका छन् ।
उनले आफू जस्तै काममा विश्वास गर्ने मान्छे कीर्तिपुरमा देखेपछि समर्थन गर्न आएको सुनाए । सरसफाइ अभियन्ता रहेका महर्जनलाईसमर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् । मंसिर १६ गते हुनेउपनिर्वाचनमा ठूला दलहरूलाई चुनौती दिन भन्दै स्वतन्त्र उम्मेदवारहरू पनि एकैठाउँमा आउँदैछन् । कीर्तिपुरमा मेयरसहित वडा नम्बर १ र४ को वडाध्यक्षका लागि पनि निर्वाचन हुँदैछ ।


प्रतिकृया दिनुहोस्