उप निर्वाचन सम्पन्नः ६२ प्रतिशत मत खस्यो

उप निर्वाचन सम्पन्नः ६२ प्रतिशत मत खस्यो

काठमाडौँ । निर्वाचन आयोगले देशका विभिन्न क्षेत्रमा भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । साहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले मतदान सकिएको र मतदानमा करिब ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

मतदान शान्तिपूर्ण भएको पनि उनले बताए । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।

लोकप्रिय