झापामा सीमास्तम्भ मर्मत शुरु
झापा । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत शुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाटमर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरीउपरीक्षक कविन्द्र राईले जानकारी दिए । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५–१२ बाट मर्मतथालिएको उनले बताए ।
झापामा भारतसँग नेपालको सीमा जोडिएको १४४.२ किलोमिटर क्षेत्रअन्तर्गत रहेका १०७ सीमास्तम्भ मर्मतसम्भार गरिनेछ । सशस्त्रप्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीकोउपस्थितिमा सीमास्तम्भ मर्मत शुरु गरिएको हो ।
सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोरनम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत हुँदै आएको छ ।


प्रतिकृया दिनुहोस्