हरिनासको १६औँ गाउँसभा सम्पन्न, स्थानीय उत्पादनलाई प्रमुख प्रथामिकता

स्याङजा । स्थानीय उत्पादनलाई प्रमुख प्रथामिकतामा राख्दै हरिनास गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न भएको छ । १६ औं गाउँसभाले स्थानीय मदिरा जन्य पेय पदार्थको ब्राण्डीङ गर्न बनेको ऐन २०८१ र कार्यपालिकाको पुस २६ गते निर्णयबाट ६० देखि ६८ वर्षका एकल पुरुषलाई भत्ता दिने कार्यविधि पारित समेत पारित गरेको छ ।
स्थानीय स्तरमा रोजगारि सिर्जना गर्ने उद्देश्यले स्थानीय स्तरमा उत्पादन हुने मदिरालाई ब्राण्डीङ गर्न ऐन निर्माण गरिएको गाउँपालिका अध्यक्ष खिमनाराण मानन्धरले बताए ।
स्थानीय मदिरालाई ब्राण्डीङ गर्नको लागि दश लाख बजेट विनियोजन गरेको अध्यक्ष मानन्धरले जानकारी दिए । एकल पुरुष भत्ता प्राप्त गर्नको लागि ६० वर्ष पुगे पछि ६८ वर्ष सम्म उमेर भएको र कुनै सरकारी सेवामा नरहेको सेवा सुविधा नलिएको स्वदेशमा मात्रै नभएर बैदेशिक निकायबाट समेत सेवा प्राप्त नगरेको र अदालति रुपमा सम्बन्धविच्छेद भएको पुन विवाह नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधिमा उल्लेख भए अनुसारको प्रक्रिया पुरा गरेको अवस्थामा वडा कार्यालयबाट मासिक रुपमा रु एक हजार एकल पुरुष भत्ता प्रदान गरिने गाउँपालिकाले जनाएको छ । श्रीमतिको मृत्यु पश्चात एकल भएका पुरुषहरुलाई जिवन यापनमा सहज होस भन्ने उद्देश्यले एकल पुरुषलाई भत्ता दिने निर्णय गरिएको पालिका अध्यक्ष मानन्धरले बताए । यो निर्णयले एकल पुरुषलाई केहि हदसम्म राहत मिल्ने गाउँपालिकाको विश्वास छ ।
प्रतिकृया दिनुहोस्