आशिका तामाङलाई ५ दिन हिरासतमा राख्न अनुमति

आशिका तामाङलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । स्वयम्भूबाट पक्राउ परेकी आशिका तामाङलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । बुधबार पक्राउ परेकी उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । प्रहरी प्रतिवेदनको आधारमा गौशाला प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

माघ २ मा पक्राउ परेकी आशिकालाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको छ । पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् । प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

लोकप्रिय