रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाट/संवाद गर्नेगरी सर्वाङ्गीण संवादको तयारीका लागि प्रदेश समितिलाई निर्देशन दिएको छ ।
पार्टीका केन्द्रीय पदाधिकारीहरुको संलग्नतामा फागुन तेस्रो सातादेखि सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय गर्न बसेको रास्वपाको सचिवालय बैठकले गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गर्नुभयो । पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा सुझाव लिँदै सदनलाई जनता र राष्ट्रप्रति थप जवाफदेही बनाउन प्रयत्नशील रहने विषयमा छलफल गरिएको थियो ।
बैठकले पार्टीका विविध गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, ¥यापिड एक्सन टिम (¥याट)पार्टीका केन्द्रीय सदस्यको राजनीतिक अभिमुखीकरणका लागि यही फागुन ९ र १० गते आयोजना हुन लागेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारी भएको र क्रमशः प्रदेश, जिल्ला र पालिका तहसम्म यस्तो प्रशिक्षण सञ्चालन गर्दै जाने रास्वपाले जनाएको छ । नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ र सम्पर्क विभाग नियमावली २०८१ पारित गरेको पनि उहाँले सुनाउनुभयो ।


प्रतिकृया दिनुहोस्