दुई साताका लागि एआइजीमा भट्टराईको बढुवा सिफारीस
काठमाडौं । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस हुनुभएको छ ।
आइतबार बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखमा हुनुहुन्छ ।
भट्टराईले एआईजीका रूपमा दुई साता मात्रै काम गर्न पाउनु हुनेछ। उहाँ आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेभएपछि एक सातापछि मात्रै मन्त्रिपरिषद् बैठकको बढुवा निर्णयमा भट्टराई छोटो समयका लागि एआईजी बन्न लाग्नुभएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकास हुनेछन्।



प्रतिकृया दिनुहोस्