‘संस्कृतिसम्बन्धी चिनियाँ नीति विश्वकै लागि अनुकरणीय’
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले छिमेकी राष्ट्र चीनले सांस्कृतिक उत्थानका लागि लिएको नीतिले विश्व्कै लागि अनुकरणीय रहेको बताउनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ बैठकद्वारा पारित भौतिक र सांस्कृतिक उन्नयनसम्बन्धी नीति र चिनियाँ अभ्यासबारे छलफल गर्न आयोजित कार्यक्रममा उहाँले मानव जातिलाई भौतिक मात्र नभई आध्यात्मिक सुखसमेत प्रदान गर्ने कार्य सँगसँगै लैजानुपर्ने सन्देश चिनियाँ नीतिले दिएको बताउनुभयो ।
पछिल्लो समय चीनले कम्फुसियसका दर्शनलाई समाजको नैतिक विकासमा प्रयोगको नीति लिएको उल्लेख गर्दै मन्त्री पाण्डेले बुद्ध र हिन्दू दर्शनको ‘परोपकाराय पुण्याय तथा वसुधैव कुटुम्बकम्’सँग धेरै हदसम्म यो मिल्ने धारणा राख्नुभयोे ।
नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदा चिनियाँ नागरिकका लागि आकर्षक र प्रिय रहेकाले उनीहरूलाई नेपाल भित्र्याउन नेपाली वायुसेवा चलायमान र सुरक्षित छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।


प्रतिकृया दिनुहोस्