राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता रहेको छ: प्रधानमन्त्री

राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता रहेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्व रहेको बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्त्व मनन गर्दै हरेक समयमा सरकार प्रतिवद्व रहेको बताउनुभएको छ ।

युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्ध रहेको जिकिर गर्दै उहाँले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको उल्लेख गर्नुभएको हो । कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरूलगायत उपस्थित थिए । कार्यक्रममा भारत र माल्दिभ्सका एनसिसी र भुटान स्काउटको प्रमण्डल पनि सहभागी रहेको थियो ।

लोकप्रिय