महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माण सहयोगमा प्रचण्डको प्रतिवद्वता

महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माण सहयोगमा प्रचण्डको प्रतिवद्वता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माण सहयोग गर्ने बताएका छन् ।

आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानमा भारतीय सिमाना नजिक बनाइने प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि सो कुराको उल्लेख गरेका हुन् ।

उद्योग वाणिज्य सङ्घले आज भिट्ठामोडमा आयोजना गरेको छलफलमा उनले एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र विकास निर्माणका काम अघि बढाउने प्रतिबद्वता रहेको बताएका छन् । कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घले अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउँदै यो बन्दरगाह मधेशका सबै जिल्लालाई पायक पर्ने स्थान भएको समेत जानकारी गराएका थिए ।

लोकप्रिय