मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै चलखेल भइरहेको छ:प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितका समस्या समाधान गर्न अर्झै चलखेल भइरहेको बताएका छन् ।
बिहीबार महोत्तरीमा मिटरब्याज पीडितका गुनासो सुन्दै अध्यक्ष प्रचण्डले मिटरब्याज पीडितका समस्याप्रति गम्भीर भएर ऐन, संरचना बनाएर काम अघि बढाउन खोजिए पनि अझै पनि चलखेल भइरहेको बताएका हुन् । उनले मिटरब्याज पीडितका समस्या समाधान गर्न माओवादीले बल गर्ने धारणा राखेका हुन् ।
देशका सबै जिल्लामा मिटरब्याज पीडितको समस्या देखिएकाले यसलाई दीर्घकालीन रूपमा नै समाधान गर्नुपर्ने उनले बताएका छन् । सो क्रममा मिटरब्याज पीडितहरूले आफूहरूको समस्या राज्यले नसुनेको र पीडा थपिँदै गएको गुनासो समेत गरेका थिए ।


प्रतिकृया दिनुहोस्