कांग्रेसको आजदेखि ‘मिसन रोजगारी’ अभियान सुरु

कांग्रेसको आजदेखि ‘मिसन रोजगारी’ अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारी’ अभियान सुरु गर्ने भएको छ ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगारसरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न लागेका हुन् ।

एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक सुरु हुँदैछ । रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस हुने उनीहरुले भनाइ छ । रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो ।

लोकप्रिय