शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
काठमाडौ । बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड भएको बताएका छन् । काठमाडौको कौटिल्य ग्लोबल स्कूलको २९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै लामाले गुणस्तरीय शिक्षामा जोड दिएका छन् । ‘मान्छेको मेरुदण्ड भाँच्चियो भने कुनै काम गर्न सक्दैन । शिक्षा पनि राष्ट्रको मेरुदण्ड हो । त्यसैले विद्यालयमा गुणस्तरीय शिक्षाको जरुरी छ ।’ उनले भने ।
शिक्षा क्षेत्र देशको सर्वाङ्गिण विकासका लागि महत्वपूर्ण भएको र शिक्षा क्षेत्रमा निजी क्षेत्रका विद्यालयहरुले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो ।
‘निजी क्षेत्रका विद्यालयहरुले अभिभावकसँग केही शुल्क लिएर शिक्षक, प्रशासक, इन्जिनियरिङ, पाइलट लगायत विभिन्न क्षेत्रमा काम गर्न सक्ने दक्ष र सवल जनशक्ति उत्पादन गरेर राष्ट्रलाई सहयोग गरिरहनुभएको छ, त्यसका लागि धन्यवाद दिन चाहान्छु ।’ उनले भने ।



प्रतिकृया दिनुहोस्