प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न

प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न

काठमाडौ । बागमति प्रदेशसभा सदस्य सुनिल केसीले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाएका छन् । काठमाडौको कौटिल्य ग्लोबल स्कूलको २९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै केसीले प्रदेश सरकारमाथि प्रश्न उठाएका हुन् ।

सोही विद्यालयको कक्षा ८ मा पढ्ने विद्यार्थीले मुलुकको राजनीतिक टिप्पणी गर्ने क्रममा प्रदेश सभा केका लागि भन्ने जिज्ञासा राखेपछि सांसद केसीले त्यसको प्रतिउत्तरमा प्रदेशसभाको खास औचित्य नभएको बताएका हुन् । उनले आफूँ प्रदेशसभा सदस्य भएपनि प्रदेश सरकारले देश र जनताको हित गर्न नसकेको बताएका थिए । देश बनाउन आफैँबाट सुध्रिनु जरुरी भएको भन्दै प्रदेश सरकार मुलुकको लागि घाँडो भएको जिकिर गरे ।

रोचक कुरा त कार्यक्रममा प्रमुख अतिथि बागमति प्रदेशका मुख्यमन्त्री लामा थिए भने अर्का अतिथिमा बागमति प्रदेशसभा सदस्य सुना परियार रहेका थिए । केसीको टिप्पणीलाई लिएर मुख्यमन्त्री लामाले भने कुनै प्रतिक्रिया दिएनन् ।

लोकप्रिय